कतार उडे रेशम र सिमरन, शुक्रबार दोहामा सांगीतिक कार्यक्रम

कतार उडे रेशम र सिमरन, शुक्रबार दोहामा सांगीतिक कार्यक्रम

resham simran

पोखरा । चर्चित प्रत्यक्ष दोहोरी कलाकार रेशम निर्दोष र नवप्रतिभा सिमरन परियार कतारको दोहातर्फ प्रस्थान गरेका छन् ।

बागलुङ सेवा समाजको प्रथम अधिवेशनमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनीहरु बुधबार राति ११ बजे दोहातर्फ प्रस्थान गरेका हुन् ।

संस्थाको प्रथम अधिवेशन शुक्रबार होटेल होलिडे भिल्ला दोहामा हुने संयोजक रमेश भट्टले जानकारी दिए । उनले कार्यक्रम स्थल आसपास रहने सम्पूर्ण नेपालीलाई उपस्थितिका लागि आग्रह गरे । अधिवेशनमा बागलुङ गृहजिल्ला रहेका नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथि रहनेछन् ।

बाग्लुङ सेवा समाज दोहा, कतारको अगुवाइमा बहुउद्देश्यीय अक्षयकोष स्थापना गरेको छ । अक्षयकोष स्थापनाको घोषणा पनि शुक्रबारकै कार्यक्रममा हुनेछ । १ करोड रुपैयाँको कोषमार्फत दैवीप्रकोप उद्धार, सीपमूलक तालिम पर्यटन प्रवर्द्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा रचनात्मक काम गर्ने लक्ष्य राखिएको छ ।

अक्षयकोषमा ५० लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

भर्खरै

ट्रेन्डिङ