पोखराको राबजारबाट लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ

पोखराको राबजारबाट लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ

pakrau

पोखरा । पोखराको राबजारबाट लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही स्थाई वतन भई हाल कास्की पोखरा महानगरपालिका १४ चाउथे बस्ने बर्ष ४३ कोविक्की परियार र पर्वत स्थायी वतन भई हाल पोखरा ५ जिरो कि.मी. बस्ने बर्ष ३८ को ओम बहादुर नेपाली रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले यही वैशाख २ गते दिउँसो साढे ३ बजेतिर पोखरा २६ विजयपुरबाट पक्राउ गरेको हो ।

प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ४.९० ग्राम, विभिन्न कम्पनीका मोवाईल २ थानर नगद रु.१७ हजार ९०० समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ