तनहुँ । तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक पुरूष र स्कुटरमा पछाडि बस्ने युवतीको मृत्यु भएको हो ।
स्कुटर पछाड बस्ने लमजुङ बेशीसहरकी अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर चालक सुरेश श्रेष्ठ गम्भीर घाईते छन् ।
माइक्रोमा सवार मनाङ नासोङ गाउँपालिका वडा नं. ८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जानकारी दिएकाे छ। घले काठमाडौंमा भइरहेकाे शिक्षक आन्दाेलनमा सहभागी भएर घर फर्कँदै थिए। उनी मनाङको नाँसो ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य