तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या

तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या

baby death

तनहुँ । तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको हत्या गरेकी छिन् ।

घिरिङ गाउँपालिका– ४ थामडाँकी ३६ वर्षीया कमला परियारले छोरा अर्जुन परियारको ढुङ्गाले हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

परियारले माइती घर नवलपुरको बौदीकाली गाउँपालिका अर्मलेमा जाने क्रममा छोराको हत्या गरेकी हुन् ।

प्रहरीका अनुसार माइतिघर जाने क्रममा मानपुर–डेढगाँउ सडक खण्डमा कमलाले सोमबार साँझ ७ बजे ढुङ्गाले हानी गम्भीर घाइते बनाएकोमा स्थानीय बासिन्दाले घाइते बच्चालाई उपचारका लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा बालकको उपचारको क्रममा मृत्यु हो ।

हत्या गर्ने कमलालाई इलाका प्रहरी कार्यालय डेढगाउँ नवलपरासीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा मङ्गलबार उपस्थित गराएको छ ।

प्रारम्भिक अनुसन्धान पूरा गरी परियारलाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ