पोखरा । विगत एक महिनादेखि आन्दोलनरत आवासीय चिकित्सकले शुक्रबार गण्डकी प्रदेशसहित देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारे ।
आवासीय चिकित्सकलाई सरकारी आठौँ तह वा सोसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै उनीहरु आन्दोलनरत छन् ।नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज, क्लिनिकलगायतको ओपीडी सेवा बन्द गरेका हुन् ।
गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको पर्वत अस्पतालका चिकित्सक आन्दोलनमा जाँदा ओपीडी सेवा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले बताए । बिहान केही समय बिरामी जाँच गरेपनि पछि चिकित्सक आन्दोलनमा जाँदा सेवा प्रभावित भएको उनले बताए ।

चिकित्सा शिक्षा आयोगले फागुनदेखि मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेपनि निजी मेडिकल कलेजले त्यसलाई अस्वीकार गर्दै आएका छन् । तर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय निजी कलेजले अनिवार्य रूपमा मान्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउँदै आएका छन् ।
गण्डकी प्रदेशका पर्वत, लमजुङ, म्याग्दीलगायत अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।

सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला