पोखरा । विगत एक महिनादेखि आन्दोलनरत आवासीय चिकित्सकले शुक्रबार गण्डकी प्रदेशसहित देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारे ।
आवासीय चिकित्सकलाई सरकारी आठौँ तह वा सोसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै उनीहरु आन्दोलनरत छन् ।नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज, क्लिनिकलगायतको ओपीडी सेवा बन्द गरेका हुन् ।
गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको पर्वत अस्पतालका चिकित्सक आन्दोलनमा जाँदा ओपीडी सेवा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले बताए । बिहान केही समय बिरामी जाँच गरेपनि पछि चिकित्सक आन्दोलनमा जाँदा सेवा प्रभावित भएको उनले बताए ।

चिकित्सा शिक्षा आयोगले फागुनदेखि मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेपनि निजी मेडिकल कलेजले त्यसलाई अस्वीकार गर्दै आएका छन् । तर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय निजी कलेजले अनिवार्य रूपमा मान्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउँदै आएका छन् ।
गण्डकी प्रदेशका पर्वत, लमजुङ, म्याग्दीलगायत अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।

सम्बन्धित खबर
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
प्रदेश कमिटी सदस्य पौडेलमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एमाले गण्डकीको माग
युवा संघ पर्वतको भेलामा दुई गुटबीच कुटाकुट, एमाले गण्डकी सदस्य पौडेल अस्पताल भर्ना
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)