पोखरामा भोलि (शनिबार) प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वय तथा म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा उक्त कार्यक्रम हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन हुने उक्त शिविरको तयारी पूरा भएको प्रा.लि.ले जनाएको छ ।
नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ डा. धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ल्याएर शिविर सञ्चालन गर्ने प्रबन्ध मिलाएको प्रालि.का अध्यक्ष दीननाथ बरालले बताए ।
पोखरासहित गण्डकी प्रदेशमा पनि बालबालिकामा देखिने समस्याको पहिचानमा असहजता डरलाग्दो रहेको उल्लेख गर्दै उनले त्यसलाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल बाथरोगको पहिचानमा देखिएका समस्या, रोग पहिचान पछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको उल्लेख गरे ।
डा.भट्टराईको प्रत्यक्ष परामर्शमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त शिविर संचालन हुने भएको असफल गौतमले बताए । शिविरमा आउने सेवाग्राहीलाई हस्पिटलको प्रयोगशालामा मधुमेह र पिशाव निःशुल्क परीक्षणको सुविधा समेत अस्पतालले उपलब्ध गराउने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले बालबालिकामा बाथ र इम्यूनोलोजीको समस्या अन्य उमेर समूहमा भन्दा गम्भिर रुपमा रहने भएकाले समयमै उपचार गर्न सुझाव दिए । उनले समयमै उक्त बिरामीहरुको उपचार नभए शारीरिक रुपमा अंगभंग हुनसक्ने बताए । नेपालमा बाल बाथ र इम्यूनोलोजीका हाल २ हजार ३ सय बिरामी आफ्नो निगरानीमा रहेको उल्लेख जनाए ।
अस्पतालमा स्वास्थ्य परीक्षण गराउने सेवाग्राहीलाई अस्पतालबाट ५ देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको पश्चिमाञ्चल डायग्नोष्टिक एण्ड रिसर्च सेन्टरका प्रशासकीय अधिकृत देवेन्द्र धितालले बताए ।
अस्पतालका अध्यक्ष शिव पोखरेलले पोखरामा विशिष्टिकृत अस्पतालको सेवा सुरु गर्न उक्त अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए । । नेपालकै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञसँग निःशुल्क सेवा लिन पाउने शिविरमा गण्डकी प्रदेश क्षेत्रका धेरै जना लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । १६ वर्ष भन्दा कम उमेरका धेरै भन्दा धेरै बालबालिकाको सहभागिताका लागि अध्यक्ष पोखरेलले आग्रह गरे ।
समुदाय र सिङ्गो राज्यलाई सुसूचित गराउनुका अलावा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक गतिविधिसमेत सञ्चालन गर्दै आएको प्रालिसँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको हस्पिटलका अध्यक्ष पोखरलले बताए ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण