काठमाडौं । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ ।
एनएसएलको तेस्रो संस्करणको आज भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो । ललितपुरले एनएसएलमा अपराजित खेलको शृंखला पनि बढाउँदै ११ पुर्याएको छ । दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रह्यो ।
दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्यो ।
ललितपुरका लागि खेलको ४२औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।
च्याम्पियन ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख हात पारेको छ ।
पोखरा थन्डर्सका कप्तान आयुष घलान सर्वोत्कृष्ट खेलाडी
पोखरा थन्डर्सका कप्तान आयुष घलान नेपाल सुपर लिग (एनएसएल) का उत्कृष्ट खेलाडी बनेका छन्।
सर्वोत्कृष्ट खेलाडी बनेका पोखराका आयुषले २ लाख ५० हजार रुपैयाँ पाए। पहिलो पटक पोखरालाई फाइनलमा पुर्याउन आयुषले उत्कृष्ट प्रर्दशन गरेका थिए।
यस्तै, ललितपुर सिटी एफसीका सन्तोष खत्री एनएसएलको उदियमान खेलाडी घोषित भएका छन्। उदियमान खेलाडी बनेसँगै उनले १ लाख रुपैयाँ प्राप्त गरे।
एनएसएलको उत्कृष्ट गोलरक्षक पोखरा थन्डर्सका गोलरक्षक प्रिसो बने। उनले १ लाख ५० हजार रुपैयाँ पाए। प्रिसोले लिगमा ५ क्लीन सिट राखेका थिए।
सर्वाधिक गोलकर्ता धनगढी एफसीका अहमद हिजाजी बने। सर्वाधिक गोलकर्ता बनेका हिजाजीले १ लाख ५० हजार रुपैयाँ पाए।
रेडबुल इनर्जेटिक प्लेयर अफ दि सिजन मणिकुमार लामा बने। उनले १ लाख रुपैयाँ प्राप्त गरे।
त्यस्तैफ फेयर प्ले अवार्ड झापा एफसीले प्राप्त गरेको छ। झापाले लिग अवधीभर १० पहेलो कार्ड प्राप्त गरेको थियो। झापा छैटौँ स्थानमा रहेर एनएसएलको यात्रा सकाएको थियो।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो