पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा-१७ का ऋषिराम बरालले कान्छी श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।
घरायसी झगडा परेपछि ५७ वर्षीय बरालले श्रीमती ३७ वर्षीया देवीमाया पराजुलीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए । दम्पत्तिको बालबच्चा नरहेको प्रवक्ता बस्नेतले जनाएका छन् ।
घटना सोमबार मध्यान्ह करिब १२ बजेको हो । देवीमायाको सोमबार नै मृत्यु भएको थियो भने श्रीमान् ऋषिरामको मंगलबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।
स्थानीयका अनुसार बरालकी कान्छी श्रीमती देवीमायाले ३ वर्षदेखि विरौटा नहरचोकमा फेन्सी पसल सञ्चालन गर्दै आएकी थिइन् । ऋषिराम जेठी श्रीमतीलाई छाडेर देवीमायासँग बस्दै आएका थिए ।
जेठीसँग नजिकिएको कान्छीलाई मन नपरेको, जेठीसँग फोटो खिचेको मोबाइलमा देखेपछि झगडा भएको बुझिन्छ । पछिल्लो समय श्रीमान्–श्रीमतीबीच घरायसी विवाद बढ्दै गएको थियो ।
देवीमायाको घाँटीमा र अनुहारमा चोट लागेको छ । बराल भेटिएको स्थानमा मेटासिट नामक विषादीको डिब्बा र चक्कू भेटिएको थियो । उनीहरूको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।
कान्छीको हत्या गरेपछि जेठी श्रीमतीलाई म्यासेज पठाएर आत्महत्या गरेको बताइन्छ । त्यसपछि जेठी श्रीमतीले घरमा आफन्त पठाउँदा देवीमाया रक्ताम्मे भेटिएका थिए भने श्रीमान् घाइते अवस्थामा भेटिएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सम्बन्धित खबर
तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
कैलालीमा प्रहरीले गोली चलायो, दुईजना पक्राउ
बिल नभएको सुन, हिरा तथा पत्थरको गहना बेच्ने ४ भारतीय पक्राउ
डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग