गण्डकी प्रदेशका १० विद्यालयमा नेपाल टेलिकमको नि:शुल्क इन्टरनेट

सहजता

गण्डकी प्रदेशका १० विद्यालयमा नेपाल टेलिकमको नि:शुल्क इन्टरनेट

janki

गण्डकी । नेपाल टेलिकम दुरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै दुरसञ्चार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा निशुल्क ईन्टरनेट सेवा उपलव्ध गराएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत ग्रामीण एवम् पिछडिएको क्षेत्रका विद्यार्थीले इन्टरनेटको माध्येमबाट पठनपाठनलाई सहज बनाउन टेलिकमले ५० एमवीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक बर्षसम्मका लागि निःशुल्क उपलव्ध गराएको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयलाई राउटर सहितको फोरजी इन्टरनेट प्याकेज हस्तान्तरण कार्यक्रममा टेलिकम कार्यालय पोखराका कार्यवाहक प्रमुख विकास राज तिमिल्सिनाले उक्त जानकारी दिनुभयो ।

कार्यालयबाट हालसम्म सरास्वती मावि स्याङजा, वालमन्दिर मावि गोर्खा, त्रिभुवन मावि सुन्दर बजार लमजुङ, रामशाह मावि आँपुखैरेनी तनहुँ र मुक्तिधाम वृद्धाश्रम सुक्लागण्डकी तनहुँ एवम् वागलुङमा तिन, नवलपुरमा दुई विद्यालयमा निशुल्क सेवा उपलव्ध गराइएको छ ।

नेपाल टेलिकम सरकारी नाफा मुलक संस्था भएको बताउँदै ग्राहक वर्गले स्वदेशी इन्टरनेट प्रयोग गरेर मुलुकको समग्र विकास निर्माण र समृद्धिसंग जोड्नु पर्नेमा उहाँको जोड थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सेल्समेन दिनेशमणी लामिछाने,, विद्यालयका सल्लाहकार रवि भण्डारी, प्रधानध्यापक अर्जुन कडेल लगायतले प्राविधिक शिक्षा र इन्टरनेटको महत्व माथि प्रकाश पार्नुभएको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ