गण्डकी । नेपाल टेलिकम दुरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै दुरसञ्चार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा निशुल्क ईन्टरनेट सेवा उपलव्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत ग्रामीण एवम् पिछडिएको क्षेत्रका विद्यार्थीले इन्टरनेटको माध्येमबाट पठनपाठनलाई सहज बनाउन टेलिकमले ५० एमवीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक बर्षसम्मका लागि निःशुल्क उपलव्ध गराएको हो ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयलाई राउटर सहितको फोरजी इन्टरनेट प्याकेज हस्तान्तरण कार्यक्रममा टेलिकम कार्यालय पोखराका कार्यवाहक प्रमुख विकास राज तिमिल्सिनाले उक्त जानकारी दिनुभयो ।
कार्यालयबाट हालसम्म सरास्वती मावि स्याङजा, वालमन्दिर मावि गोर्खा, त्रिभुवन मावि सुन्दर बजार लमजुङ, रामशाह मावि आँपुखैरेनी तनहुँ र मुक्तिधाम वृद्धाश्रम सुक्लागण्डकी तनहुँ एवम् वागलुङमा तिन, नवलपुरमा दुई विद्यालयमा निशुल्क सेवा उपलव्ध गराइएको छ ।
नेपाल टेलिकम सरकारी नाफा मुलक संस्था भएको बताउँदै ग्राहक वर्गले स्वदेशी इन्टरनेट प्रयोग गरेर मुलुकको समग्र विकास निर्माण र समृद्धिसंग जोड्नु पर्नेमा उहाँको जोड थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सेल्समेन दिनेशमणी लामिछाने,, विद्यालयका सल्लाहकार रवि भण्डारी, प्रधानध्यापक अर्जुन कडेल लगायतले प्राविधिक शिक्षा र इन्टरनेटको महत्व माथि प्रकाश पार्नुभएको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन