वडाध्यक्षले अधिकृतमाथि हातपात गरेपछि पोखरा महानगरमा काम ठप्प

वडाध्यक्षले अधिकृतमाथि हातपात गरेपछि पोखरा महानगरमा काम ठप्प

pokhara mahanagar 1

पोखरा । पोखरामा वडाध्यक्षले महानगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् ।

मंगलबार बिहान वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई हातपात गरेका हुन्।

महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै वडाध्यक्षले कुटपिट गरेका हुन् । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

उनीहरूले भनेका छन् , ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकामा क्रियाशील कर्मचारी संगठनहरुको तर्फबाट घोर भत्र्सना गर्दछौँ । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घण्टा भित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ, अन्यथा मिति २०८२ वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराउँदछौ ।’ कर्मचारीहरूकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरूमा समेत काम प्रभावित भएको छ ।

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले हिजै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका हुन् । आज पनि सुनुवाइ नभए थप आन्दोलन गरेर अगाडि बढ्ने उनीहरुले चेतावनी दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds