गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्वपूर्ण रहेको बताएका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नंं. ६ मा आयोजित तेस्रो रनिङ शिल्ड प्रतियोगिता शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले यस्ता प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्ने बताए ।
‘खेलकुदमा युवा सहभागिताले शारीरिकसँगै सामाजिक रूपमा सबल बनाउँदछ । सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उनले भने –‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’
खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउने भएकाले यसको विकास र सम्वद्र्धन जरुरी रहेको प्रदेश प्रमुख भट्टले उल्लेख गरे । ‘खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय गरी तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरु होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भने – ‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ ।’
खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनुपर्ने उनको भनाई छ । भट्टले खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको बताए।
प्रदेश प्रमुख भट्टले भने – ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादनमा खेलकुद सहयोगसिद्ध छ ।’
माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा माछापुच्छ्रे गाउँपालिकाका प्रशासकीय अधिकृत केशव सुवेदीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सन्देश अधिकारीले गरेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा २ सय ९९ जनाको निशुल्क आँखा परीक्षण
ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव
पोखरामा १ करोड ३० लाख बराबरको हिरा र सुनका गरगहनासहित दुई जना पक्राउ
एसओएस हर्मन माइनर स्कुलमा योग प्रशिक्षण
एगा पोखराको कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिम सम्पन्न
‘घुमौँ पूर्व’ कार्यक्रम लिएर कोशीका पर्यटन व्यवसायी पोखरामा
यो पनि पढौँ
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)