केटी साथीको कोठामा गएका युवकको गयो ज्यान

केटी साथीको कोठामा गएका युवकको गयो ज्यान

dead-body-death

ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । सोमबार राति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, गए राति नै उपचारका लागि किस्ट अस्पताल लगिएकामा चिकित्सकले आज बिहान ७:३० बजे अधिकारीलाई मृत घोषणा गरेका हुन् ।

घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछबाट युवती काभ्रेको भएको खुलेको छ । उनको उमेर २२ वर्ष हो । राति अचानक बेहोस भएपछि युवतीले नै उनलाई अस्पताल पुर्‍याएकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ