पोखरा वडा नं. ३२ लामेआहालमा दिउँसो भएको ईभी माइक्रोबस दुर्घटनामा परी मृत्यु हुने ३ जनाको नाम वतन खुलेको छ ।
धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रो पृथ्वी राजमार्ग सडक खण्डको लामेआहालमा दिउँसो साढे ३ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुने सबै धादिङ स्थायी ठेगाना भएका छन् । गंगाजमुना फुलखर्क स्थायी घर भएकी हेम्जा निवासी ५१ वर्षीया झाङमाया गुरुङ, नीलकन्ठ नगरपालिका वडा नं. २ का १५ वर्षीय अगम गुरुङ र ज्वालामुखी वडा नं. ५ की ४५ वर्षीया तिल कुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग१ज ८६३० नम्बरको उक्त बसमा सवार ११ जनामध्ये अन्य ८ जना घाइते छन् । घाइते हुनेहरूमा हाइस चालक पोखरा महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्।
घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ७ जनालाई पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो । एक जनालाई सिटीस्क्यानका लागि मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारः
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
सम्बन्धित खबर
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार
बेगनासतालमा पौडिँदा बेपत्ता भएका गोरखाका श्रेष्ठको शव निकालियो
दाङको तुलसीपुरमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३४ घाइते
धादिङमा माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते
मोटरसाइकल दुर्घटनामा सशस्त्रका असइको मृत्यु
स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग