काठमाडौँबाट माइक्रो बस चोरी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ

काठमाडौँबाट माइक्रो बस चोरी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ

chori

पोखरा । प्रहरीले माइक्रो बस चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

स्याङ्जा बिरूवा गाउँपालिका– १ घर भइ काठमाडौँ महानगरपालिका– १६ बनस्थली बस्दै आएका १९ वर्षीय सुदिप थापालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरको पार्किङ स्थलबाट बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रो बस सोमबार (वैशाख २९ गते) चोरि भएको थियो।

प्रहरीका अनुसार माइक्रो बस चोरी गरी सुदिपले चलाएर धादिङ र्पुयाएका थिए । उनलाई उक्त सवारी साधनसहित जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा नियन्त्रणमा लिएको हो ।

सुदिपमाथि चोरी सम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ