तनहुँको शेरामा ईभी हाइस दुर्घटना

दुर्घटना

तनहुँको शेरामा ईभी हाइस दुर्घटना

मकैबारीमा पुगेर पल्टियो

acc shera

पोखरा । काठमाण्डौबाट पोखरातर्फ आइरहेको ईभी हाइस तनहुँको शेरामा दुर्घटना भएको छ ।

बागमती प्रदेश ०६००६ ख६६९० नम्बरको ईभी हाइस दिउँसो १ बजे पोखराका लागि छुटेको थियो । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शेरामा राति ९ः२० बजे दुर्घटना भएको हो ।

सडकबाट नाली नाघेर ५-७ मिटर तल मकैबारीमा गाडी पल्टिन पुगेको बसमा सवार यात्रु राजकुमार बस्यालले गण्डकन्यूजलाई जानकारी दिए । बसमा चालक र परिचालकसहित १२ जना थिए ।

‘भाग्यवश यात्रुहरु बच्यौँ । गाडीमा क्षति भएको छ ।’ उनले भने । अहिले यात्रुहरू अरू सवारी ब्यवस्थापन गरी गन्तव्यमा फर्किएका छन् ।

गत १ गते धादिङबाट पोखरा आउँदै गरेको ईभी हाईस पोखराको लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ