अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

Joe-biden

पोखरा । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ ।

आइतबार उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्यान्सर हड्डीसम्म फैलिएको जानकारी दिएको हो ।

८२ वर्षीय बाइडेन गत हप्ता पिसाबमा समस्या देखिएपछि आफ्नो स्वास्थ्य परीक्षण गराउन डाक्टरकहाँ गएका थिए। परीक्षणपछि उनलाई शुक्रबार क्यान्सर भएको पुष्टि भएको हो।

उनको क्यान्सरलाई ‘हाइ ग्रेड’ क्यान्सरका रूपमा वर्गीकृत गरिएको छ। क्यान्सर रिसर्च यूकेका अनुसार, यस प्रकारको क्यान्सर कोषहरू तीव्र गतिमा शरीरमा फैलिन सक्छन्।

बाइडेनको क्यान्सरको खबर सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पतिक्रिया व्यक्त गरेका छन्।

ट्रम्पले लेखेका छन्, ‘जो बाइडेनको हालैको स्वास्थ्यको बारेमा सुनेर मेलानिया र म दुःखी छौं। उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ