अवैध रुपमा उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबीलगायतका सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ४ घट्टेस्थित दरौंखोलाको किनारबाट बिहीबार एउटा जेसिबी र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
ग १ क ३३११ नम्बरको जेसिबी र ग १ त ५०२० नम्बरको ट्याक्टर प्रयोग गरेर अवैध रूपमा ढुङ्गा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरी टोलीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले जानकारी दिए ।
नियन्त्रण गरिएका सवारीसाधनहरु आवश्यक कारबाहीको लागि अर्जुनचौपारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैगरी, प्रहरीले पुतलीबजार नगरपालिका – १३ दरौंखोलास्थित मोटरबेल पुलबाट करिब २०० मिटरबाट ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग १ त ५२२७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको उक्त ट्याक्टर आवश्यक कारबाहीको लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा बुझाइएको स्याङ्जा प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?