अवैध रुपमा उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबीलगायतका सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ४ घट्टेस्थित दरौंखोलाको किनारबाट बिहीबार एउटा जेसिबी र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
ग १ क ३३११ नम्बरको जेसिबी र ग १ त ५०२० नम्बरको ट्याक्टर प्रयोग गरेर अवैध रूपमा ढुङ्गा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरी टोलीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले जानकारी दिए ।
नियन्त्रण गरिएका सवारीसाधनहरु आवश्यक कारबाहीको लागि अर्जुनचौपारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैगरी, प्रहरीले पुतलीबजार नगरपालिका – १३ दरौंखोलास्थित मोटरबेल पुलबाट करिब २०० मिटरबाट ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग १ त ५२२७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको उक्त ट्याक्टर आवश्यक कारबाहीको लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा बुझाइएको स्याङ्जा प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो