पोखरामा अवैध लागू औषध सहित २ जना पक्राउ

पोखरामा अवैध लागू औषध सहित २ जना पक्राउ

pic1

पोखरा । पोखरामा अवैध लागू औषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत कुस्मा नगरपालिका १२ ठुलिपोखरी स्थाई घर भई हाल पोखरा महानगरपालिका ४ नालाकोमुख बस्ने २६ वर्षीया सिमा दर्जी र २६ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मंगलबार दिउँसो ४ बजेतिर पोखरा महानगरपालिका ५ शातिनगरचोक स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखरा र यस कार्यालय मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई खानतलासी लिँदा कालो झोलामा लुकाई छिपाई राखेको अवैध लागूऔषध बुप्रिनर्फिन १६७ एम्पुल, डाईजापाम १६८ एम्पुल र फेनरागन १६६ एम्पुल गरी जम्मा ५०१ एम्पुल र मोबाईल थान ३ समेत वरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ