पोखरामा अलपत्र ९ सय यात्रुलाई १९ वटा बसमा सुरक्षासहित काठमाडौं पठाइयो

पोखरामा अलपत्र ९ सय यात्रुलाई १९ वटा बसमा सुरक्षासहित काठमाडौं पठाइयो

yatayat banda

तस्वीरः समय नेपाल

पोखरा । सार्वजनिक यातायात व्यवसायीको बन्दका कारण पोखरामा अलपत्र परेका करिब ९०० यात्रुलाई शनिबार साँझ सुरक्षाकर्मीको स्कर्टिङमा काठमाडौंका लागि पठाइएको छ।

१९ वटा बसमार्फत उनीहरूलाई गन्तव्यमा पुर्‍याइएको हो। सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखराको पृथ्वीचोक लगायतका स्थानमा सयौं यात्रु अलपत्र परेका थिए। काठमाडौं जान लागेका करिब ९०० यात्रुलाई साँझ ६ बजेदेखि स्कर्टिङ सुरु गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्की जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गरेको छ ।

कोत्रेबाट सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँ र स्थानीय प्रहरीको टोलीले स्कर्टिङ गरी मुग्लिनसम्म पुर्‍याइएको छ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म स्कर्टिङ गरेर यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याइएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता, डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सरकारले ल्याएको राइड सेयरिङ तथा सेल्फ ड्राइभ निययमन तथा व्यवस्थापन नियमावलीका कारण शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात व्यवसायीहरूले अनिश्चितकालीन बन्द आह्वान गरेपछि यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ