पोखरा । सार्वजनिक यातायात व्यवसायीको बन्दका कारण पोखरामा अलपत्र परेका करिब ९०० यात्रुलाई शनिबार साँझ सुरक्षाकर्मीको स्कर्टिङमा काठमाडौंका लागि पठाइएको छ।
१९ वटा बसमार्फत उनीहरूलाई गन्तव्यमा पुर्याइएको हो। सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखराको पृथ्वीचोक लगायतका स्थानमा सयौं यात्रु अलपत्र परेका थिए। काठमाडौं जान लागेका करिब ९०० यात्रुलाई साँझ ६ बजेदेखि स्कर्टिङ सुरु गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्की जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गरेको छ ।
कोत्रेबाट सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँ र स्थानीय प्रहरीको टोलीले स्कर्टिङ गरी मुग्लिनसम्म पुर्याइएको छ।
गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म स्कर्टिङ गरेर यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याइएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता, डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सरकारले ल्याएको राइड सेयरिङ तथा सेल्फ ड्राइभ निययमन तथा व्यवस्थापन नियमावलीका कारण शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात व्यवसायीहरूले अनिश्चितकालीन बन्द आह्वान गरेपछि यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो