मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी ओपललाई

मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी ओपललाई

miss_world_opal12025

पोखरा । ७२ औं विश्व सुन्दरी (मिस वल्र्ड २०२५) को उपाधि थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले जितेकी छिन् ।

भारतको हैदराबादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

मिस वल्र्ड २०२४ क्रिस्टिना पिज्कोभाले ओपल सुचतालाई आफ्नो मुकुट प्रदान गरेकी छिन् । मिस वल्र्ड रनर अप इथियोपियाकी ह्यासेट डेर्जे थिइन् भने सेकेन्ड रनरअप पोल्याण्डकी माजा क्लाज्दा र थर्ड रनरअप मार्टिनिककी ओरेली जोआचिम भए ।

नेपाल अन्तिम ४० मा समेटिन सकेन । नेपालबाट सृच्छा प्रधानले सहभागिता जनाएकी थिइन्। कोभिड संकटको बेला मानवीय कार्यमा सघाएको भन्दै बलिउड अभिनेता सोनु सुदलाई मिस वर्ल्ड हुमानिटरियन अवार्ड प्रदान गरिएको थियो । सुद प्रतियोगिताका जज पनि थिए । अभिनेता सुदलाई साउथ स्टार राणा दगुबातीले अवार्ड प्रदान गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ