पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पियनसीपमा प्रतिभा मावि र डायमण्ड सेकेण्डरी स्कुलले विजयी शुरुवात गरेका छन् ।
पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा आइतबार भएको खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई र डायमण्डले रत्न ज्योति सेकेण्डरी स्कूललाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेका हुन् ।
आईतबार भएको पहिलो खेलमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा डायमण्ड सेकेण्डरीले रत्न ज्योति सेकेण्डरीलाई २ विकेटले पराजित गर्न सफल भयो । टस जितेर डायमण्डले फिल्डिङ रोजेपछि व्याटिङमा आएको रत्न ज्योतिले पूरै विकेट गुमाएर ८३ रन बनाएको थियो । रत्न ज्योतिका लागि सुवल साहले ३५ बलमा २३ रन र अभिषेक पौडेलले १८ बलमा १६ रन हानेर सम्मानजनक स्कोर बनाउन सफल भयो । रत्न ज्योतिलाई कम स्कोरमा समेट्न डायमण्डका मिलन पौडेलले ३ ओभरमा १५ रन खर्चेर २ विकेट तथा अविरल क्षेत्रीले ३ ओभरमा ९ रन खर्चेर २ विकेट हत्याए ।

८३ रनको सामान्य लक्ष्य पाएको डायमण्डले १४.५ ओभरमा ८ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । उसका लागि सविन थापाले १६ बलमा १६ रन तथा जेनिस आलेले १७ बलमा १४ रनको योगदान दिए । डायमण्डलाई दवाबमा राख्ने क्रममा रत्न ज्योतिका प्रतीक सुवेदीले ३ ओभरमा १७ रन खर्चेर ४ विकेट हत्याएपनि टिमलाई जिताउन असफल भए । खेलमा प्लेयर अफ दी म्याच डायमण्डका अविरल क्षेत्री घोषित भए ।
दोस्रो खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई एक सय रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गरेको प्रतिभा माविले १६ ओभरमै २ विकेटको क्षेतीमा २११ रनको विशाल योगफल तयार ग¥यो ।
निर्धारित २० ओभरको खेलमा १६ ओभरमै विशाल योगफल बनाएपछि वर्षाका कारण खेल रोकिन सक्ने डरले त्यसपछिको ४ ओभर प्रतिभाले नखेल्ने घोषणा ग¥यो । प्रतिभाका लागि विशाल योगफल तयार गर्ने क्रममा सफल श्रेष्ठले ६१ बलमा १२० रनको शतकीय पारी खेले । त्यस्तै, साबुद्धिन नेपालले २८ बलमा ५१ रनको अर्ध शतकीय योगदान दिए ।
कुमुदिनी होम्सका विद्वान देवकोटाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट हत्याएपनि प्रतिभालाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन् ।
२११ रनको विशाल लक्ष्य पछ्याएको कुमुदिनी होम्स १६.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा सिमित भएपछि प्रतिभा एक सय रनले बिजयी भएको हो । कुमुदिनी होम्सका लागि रोहितराज साहले २४ बलमा ३० रन तथा श्रवण कुँवरले १६ बलमा ११ रन बनाएपनि जितका लागि पर्याप्त भए । कुमुदिनीलाई कम स्कोरमा रोक्ने क्रममा प्रतिभाका मिसन विकले ३ ओभरमा एक ओभर मेडन राख्दै ११ रन खर्चेर ३ विकेट तथा अनुज अधिकारील ५ बलमा ५ रन खर्चेर २ विकेट हतयए ।
सो खेलमा प्लेयर अफ दी म्याच प्रतिभाका सफल श्रेष्ठ घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबार कुमुदिनीबिरुद्ध जुनियर सिटिजन एकेडेमी तथा त्रिवेणी पब्लिक स्कुलबिरुद्ध मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा उत्रिनेछन् ।
सम्बन्धित खबर
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर