पोखरा । कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा सात सय जनाको सित्तैमा जाँच गरिएको छ ।
गण्डकी प्रदेशकै पाहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् ।
बिहीबार पोखरा २२ मा भएको शिविरमा मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । पोखरा लेडी जेसिजको आयोजनामा भएको कार्यक्रममको व्यवस्थापन सन्तान आइभिएफ महेन्द्रपुलले गरेको थियो ।
कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले स्थानीयको टोल, टोलमै विशेषज्ञसहितको गुणस्तरीय सेवा र सचेतना उपलब्ध हुँदा स्वास्थ्य सेवाको उपलब्धतामा सहज हुने बताए । तीन सय जनाको सित्तैमा जाँच गरिएको कार्यक्रममा रेडियोलोजी सेवासहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले पनि सेवा दिएका थिए ।
कार्यक्रममा सन्तान आइभिएफका प्रबन्ध निर्देशक नीलकण्ठ पराजुलीले पछिल्लो समय बढेको बाँझोपनको निदान र सन्तान प्राप्तिका अरु उपायहरु पनि रहेको औंल्याए । उनले यो प्रविधि केही महंगो रहेको जनाउँदै उनले विपन्न नागरिकलाई वडा कार्यालयको सिफारिसमा शतप्रतिशतसम्म शुल्कमा छुट दिइने प्रष्ट पारे । पोखरा लेडी जेसिजकी अध्यक्ष गीता ढुंगानाले समेत बोलेकी थिइन् ।
शुक्रबार ज्योति कुञ्ज सेकेन्डरी स्कुल पोखरा १० रामबजारको आयोजनामा निशुल्क शिविर आयोजना गरियो । विद्यालयको ३६ औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा एक सय ७० जनाको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको थियो ।
विद्यालयका संस्थापक अध्यक्ष बालाकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले युआरएलले सेवासँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको जनाए । उनले भने, ‘सेवासँगै सामाजिक उत्तरदायित्व बहनमा पनि हामीअघि छौँ । नागरिक, स्वास्थ्यकर्मी र समाजको विश्वास र साथ पनि पाएका छौँ ।’
शनिबार तनहुँको सेवा हस्पिटल दुलेगौंडाको आयोजनामा अर्काे शिविर भएको छ । यो शिविरमा ३ सय ११ जनाको मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले खानपान र जीवनशैलीकै कारण धेरै रोग लाग्ने भएकाले त्यसमा ध्यान पुर्याउन आग्रह गरे ।
उनले भने, ‘समाजमा अनेक भ्रम पनि छन् । ती भ्रमको पछि नलागी बेला बेलामा स्वास्थ्य जाँच, उचित उपचार र खानपान अवलम्बन गरे दीर्घ जीवन सम्भव हुन्छ ।’
कार्यक्रमा युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले सर्वाेत्कृष्ट प्रविधिसँगै दक्ष जनशक्ति र गुणस्तरीय सेवाका कारण युआरएल यो क्षेत्रको अग्रणी ल्याब बनेको बताए । तनहुँको सेवा हस्पिटलका अध्यक्ष हरि खड्काको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका मार्केटिङ निर्देशक मणि न्यौपाने लगायतले बोलेका थिए ।
युआरएलले विभिन्न संघ, संस्था सँगको सहकार्यमा अहिलेसम्म १ सय ९९ शिविर आयोजना गरिसकेको छ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन