पोखरा । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिँदा सर्वसाधारण जनतालाई परेको असरप्रति नागरिक समाज कास्की तथा स्वयम्सेवी मानवअधिकार रक्षक सञ्जालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमा नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचन र स्वयम्सेवी मानवअधिकार रक्षक सञ्जालका तर्फबाट संस्थापक संयोजक रामबहादुर पौडेलले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेश सरकारको गत वैशाख ३१ गतेको मन्त्रिपरिषद् निर्णयबमोजिम राइड शेयरिङ नियमावली ल्याएको थियो । सोको विरोधमा गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायीहरु गत जेठ १६ गतेदेखि एकाएक आफ्ना गाडीहरु घर ग्यारेजमा थन्क्याएर बसेका छन् । साथै, १९ गतेदेखि देशव्यापीहरुपमा सार्वजनिक यातायात व्यवसायीहरुले चक्काजाम सुरु गरेका छन्।
सार्वजनिक यातायात नचल्दा सर्वसाधारण जनतालाई निकै सास्ती र असर परेको छ । यही मौकाको फाइदा उठाई केही इनड्राइभ राइडरहरुले पनि यात्रुसँग बढी भाडा लिने गरेको प्रहरीले समेत जनाएको छ । त्यस्तोलाई नियमन गर्नु आवश्यक कारबाहीको माग गरिएको छ।
यसरी, नागरिक हक अधिकार हनन हुने गरी सार्वजनिक यातायातका साधन नचल्दा नागरिकलाई गम्भीर असर परेकोले अविलम्ब वार्ता र संवादद्वारा समस्या समाधान गरी तत्काल यातायात संचालनको माग गरिएको छ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन