पोखरामा बढी भाडा असुल्ने १५ जना इन ड्राइभ राईडरहरू कारबाहीमा

पोखरामा बढी भाडा असुल्ने १५ जना इन ड्राइभ राईडरहरू कारबाहीमा

niyantran

पोखरा । पोखरामा बढी भाडा असुल्ने थप १५ जना इन ड्राइभ राईडरहरूलाई प्रहरीले कारबाही गरेको छ ।

सोमबार पोखराका विभिन्न स्थानहरुबाट बढी भाडा लिने १५ जना इन ड्राइभ राईडरहरूलाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।

इन ड्राइभ राईडरहरूले बढी भाडा लिएको भन्ने जनगुनासो प्राप्त भए पश्चात् जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले उनीहरूलाई सवारी साधन सहित नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको जनाएको छ ।

प्रहरीले अघिल्लो दिन आइतबार पनि बढी भाडा असुल्ने ८ जना इन ड्राइभ राईडरहरूलाई कारबाही गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ