पोखरा । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।
समापन सत्रमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले पत्रकारीता पेशामा निपूर्ण बन्न विशेष भूमिका खेल्ने बताए । उनले तथ्य र सत्य समाचार सम्प्रेशन गर्नु नै पत्रकारको मूल धर्म भएको बताउँदै आÇनो कर्मको सहि सदुपयोग गर्न आग्रह गरे ।
प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोवाइलको उच्चतम प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे ।
वरिष्ठ फोटो पत्रकार द्धय राम गुरुङ र कृष्णमणि बरालले फोटो पत्रकारिताको आचारसंहिता पालनासहित फोटो पत्रकारिताको महत्व बारे स्पस्ट पारेका थिए ।
तालिममा सहभागीकोे तर्फबाट पत्रकारद्धय रोजी श्रेष्ठ र राजन उपाध्ययले तालिम प्रभावकारी र फलदायी भएको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव मधु अधिकारीले गरेका थिए ।
जेठ १८, १९ र २० गते ३ दिनसम्म भएको कार्यक्रममा पोखराका ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन