रौतहट । कटहरिया नगरपालिका–१, भासेढवा गाउँमा एक जना नवविवाहिता महिलाको शव आफ्नै घरमा फेला परेको छ । उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका अनकेश यादवकी २२ वर्षीय श्रीमती अल्का यादव आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।
अल्का यादवलाई उत्तानो अवस्थामा बेडमै मृत अवस्थामा फेला पारिएको, मृतकले उल्टी गरेको पाइएको डीएसपी राजन कार्कीले जानकारी दिए ।
मृतकका श्रीमान् अनकेश यादव र सासु शान्तिदेवी फरार रहेको उनको भनाइ छ । मृतकका ससुरा रामपुकार प्रसाद यादवलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धान पूरा भएपछि घटनाबारे यकिनका साथ भन्नसक्ने डीएसपी कार्कीले बताए । फरार रहेका अनकेश र उनकी आमा शान्तिदेवीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
दुई साता अघिमात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया–३, बडेरवाका अरमान राय भाटविरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी दर्ता भएको थियो । आरोपित अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए