सुत्ने कोठामै नवविवाहिताको शव फेला, पति र सासु फरार

सुत्ने कोठामै नवविवाहिताको शव फेला, पति र सासु फरार

nababibahita

रौतहट । कटहरिया नगरपालिका–१, भासेढवा गाउँमा एक जना नवविवाहिता महिलाको शव आफ्नै घरमा फेला परेको छ । उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुका अनकेश यादवकी २२ वर्षीय श्रीमती अल्का यादव आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।

अल्का यादवलाई उत्तानो अवस्थामा बेडमै मृत अवस्थामा फेला पारिएको, मृतकले उल्टी गरेको पाइएको डीएसपी राजन कार्कीले जानकारी दिए ।

मृतकका श्रीमान् अनकेश यादव र सासु शान्तिदेवी फरार रहेको उनको भनाइ छ । मृतकका ससुरा रामपुकार प्रसाद यादवलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले बताए ।

मृतकको शव  पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धान पूरा भएपछि घटनाबारे यकिनका साथ भन्नसक्ने डीएसपी कार्कीले बताए । फरार रहेका अनकेश र उनकी आमा शान्तिदेवीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

दुई साता अघिमात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया–३, बडेरवाका अरमान राय भाटविरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी दर्ता भएको थियो । आरोपित अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ