सिड्नी । नेपाली समुदायलाई विश्वभर संयोजन गर्ने उद्देश्यले गठित गैर–आवासीय नेपाली संघले तनहुँका प्रताप सम्शेर राणा ओसिनिया क्षेत्रीय डेपुटी संयोजक निर्विरोध निर्वाचित भएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले उनलाई नयाँ जिम्मेवारी प्रदान गरेको हो ।
ओसेनिया क्षेत्रमा नेपाली समुदायको सक्रियता वृद्धि गर्न राणालाई जिम्मेवारी प्रदान गरिएको संघका एक पदाधिकारीले बताए । उनले नेपाली समुदायको सक्रियताका क्षेत्रमा खेलेको भूमिकाका आधारमा सर्वसम्मत जिम्मेवारी प्राप्त गरेको बताइन्छ ।
जिम्मेवारी प्राप्त गरेका राणाले ओसिनियामा बसोबास गर्ने नेपालीहरूको एकतालाई अझ मजबूत पार्दै डायस्पोराका नेपालीहरूको शैक्षिक, आर्थिक र सांस्कृतिक अधिकारको प्रवद्र्धन र नेपालसँगको सम्बन्ध प्रगाढ पार्न योगदान दिने बताए ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले एक कार्यक्रममा राणालाई सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना समेत दिइन् । क्यापेला क्लिनिङ कम्पनीका सञ्चालक राणाले झण्डै एक हजारलाई रोजगारी दिइरहेका छन् । उनी आफ्नै लगानीको क्यापेला क्रिकेट क्लबामार्फत नेपालीलाई अष्ट्रेलियन खेल क्षेत्रसँग जोड्न समेत सक्रिय छन् ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला