सिड्नी । नेपाली समुदायलाई विश्वभर संयोजन गर्ने उद्देश्यले गठित गैर–आवासीय नेपाली संघले तनहुँका प्रताप सम्शेर राणा ओसिनिया क्षेत्रीय डेपुटी संयोजक निर्विरोध निर्वाचित भएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले उनलाई नयाँ जिम्मेवारी प्रदान गरेको हो ।
ओसेनिया क्षेत्रमा नेपाली समुदायको सक्रियता वृद्धि गर्न राणालाई जिम्मेवारी प्रदान गरिएको संघका एक पदाधिकारीले बताए । उनले नेपाली समुदायको सक्रियताका क्षेत्रमा खेलेको भूमिकाका आधारमा सर्वसम्मत जिम्मेवारी प्राप्त गरेको बताइन्छ ।
जिम्मेवारी प्राप्त गरेका राणाले ओसिनियामा बसोबास गर्ने नेपालीहरूको एकतालाई अझ मजबूत पार्दै डायस्पोराका नेपालीहरूको शैक्षिक, आर्थिक र सांस्कृतिक अधिकारको प्रवद्र्धन र नेपालसँगको सम्बन्ध प्रगाढ पार्न योगदान दिने बताए ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले एक कार्यक्रममा राणालाई सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना समेत दिइन् । क्यापेला क्लिनिङ कम्पनीका सञ्चालक राणाले झण्डै एक हजारलाई रोजगारी दिइरहेका छन् । उनी आफ्नै लगानीको क्यापेला क्रिकेट क्लबामार्फत नेपालीलाई अष्ट्रेलियन खेल क्षेत्रसँग जोड्न समेत सक्रिय छन् ।
सम्बन्धित खबर
वडा कार्यालयमा आगलागी हुँदा आठ लाख बराबरको क्षति
बाढीको सूचना दिन सेती नदीको तटीय क्षेत्रमा जडान गरियो साइरन
तनहुँको चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
अमेरिका पठाइदिने भन्दै साढे ७५ लाख ठगी गर्ने तनहुँका रञ्जन पाण्डे पक्राउ
मगर लेखक संघ, गण्डकीको अध्यक्षमा खड्क आले
तनहुँमा युवकको हत्या गरी फरार महत चितवनको वृद्धाश्रमबाट पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा