पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता हुने विद्यालयले बताएको छ ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।
यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य सापकोटाले जानकारी दिए । त्यस्तै, विज्ञान हाजिरी जवाफ र नेपाली वक्तृत्वकला प्रतियोगिता पनि हुनेछन् ।
‘एसइइ दिएर बसेका बालबालिकालाई खेलकुद र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि कार्यक्रम आयोजना गरिएको हो,’ सापकोटाले भने, ‘यसले बालबालिकामा रहेको अन्तरिनिहीत क्षमतालाई बाहिर ल्याउन सघाउँछ । बालबालिकामा लुकेको क्षमता बाहिर ल्याउँछ ।’
बास्केटबल, भलिवल, टेबलटेनिस र ब्याडमिन्टन खेलमा सहभागी हुने खेलाडीले जेठ ३० गतेसम्म तथा फुटसल, हाजिरीजवाफ र वक्तृत्वकलामा सहभागी हुनेले असार ४ गतेसम्म टिम दर्ता गर्नुपर्ने विद्यालयले बताएको छ । विद्यालयले अघिल्ला वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम गर्दै आएको थियो । सहभागीहरु एउटै वा विभिन्न विद्यालयबाट पनि हुने सक्नेछन् ।
प्रतियोगितामा सहभागी सबै प्रतियोगिलाई प्रमाणपत्र र आकर्षक पुरस्कार दिइने प्राचार्य सापकोटाले बताए । उनका अनुसार विद्यालयले खुलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरि २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिइने पनि विद्यालयले बताएको छ ।
सहभागीले दर्ताका लागि एसइई प्रवेशपत्र वा कक्षा १० को कुनैपनि त्रैमासिक परीक्षाको ग्रेडसिटको प्रतिलिपि सहित सहभागि हुनुपर्ने विद्यालयले जनाएको छ ।
सम्बन्धित खबर
जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’