पोखरा । कास्कीमा रहेका १० वटा निजी विद्यालयको क्लस्टरका रुपमा स्थापित स्कोप कास्कीले आधारभूत तह स्तरीय शब्दखेल प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा डिज्नील्याण्ड एकेडेमी प्रथम, शान्ति निकेतन द्वितीय, ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालय तृतीय र ज्ञानगङ्गा विद्यापिठ सान्त्वना स्थान हात पारेका छन् ।
कार्यक्रममा बोल्दै प्रा। डा। कुसुमाकर न्यौपानेले प्रतियोगिताले विद्यार्थीमा भाषामा शुद्धता आउने बताए । उनले बिग्रिँदै गएको भाषालाई शुद्धिकरण गर्दै जानुपर्ने समय आएको बताउर्दे यस्ता कार्यक्रमले विद्यार्थीहरूमा भाषाप्रतिको माया बढ्दै जाने बताए । छोटो समयमा नै स्कोप, कास्कीमा आवद्ध विद्यालयहरूले माध्यमिक शिक्षा परीषाको नजितामा कास्की मात्र नभई देशभर नेपाल अब्बल सावित गरेकोमा बधाई दिए ।
प्रतियोगिताका संयोजक स्कोप, कास्कीका कोषाध्यक्ष तथा डिज्नील्याण्ड एकेडेमीका संस्थापक/प्राचार्य नरेशप्रसाद बरालले विद्यार्थीमा नेपाली भाषा प्रयोगका लागि थप ऊर्जा प्राप्त भएको बताए ।
स्कोप, कास्कीका अध्यक्ष डा. महेश्वर पराजुलीले भाषा सम्बन्धी कार्यक्रमले विद्यार्थीहरूबाट समेत केही सिक्ने अवसर प्राप्त भएको बताए ।
प्रतियोगितामा डिज्नील्याण्ड एकेडेमीका नेपाली विभागीय प्रमुख हरिप्रसाद शर्माले निर्णायक रहेका थिए । संस्थाका उपाध्यक्ष दुर्गाबहादुर थापाले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन सचिव दिपक शाहले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन