पोखरा । पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम संचालन हुने भएको छ ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्धितिय उपाध्यक्ष एवं तालिम संयोजक मोहन प्रसाद सुवेदीले जानकारी दिए ।
तालिमका लागि दरखास्त आह्वान गरिएकोमा शुक्रबार भएको अन्तरबार्ताबाट ३ सय ५० जना छनोट भएको सुवेदीले बताए ।
तालिम पोखरा महानगरपालिका वाडानम्बर ६ मा रहेको बाराही माध्यामिक विदालयमा हुने छ ।
धेरै युवाहरु ट्रेकिङ पेसामा लाग्न चाहेको र पर्यटन क्षेत्रमा पनि जनशक्ती आवश्यक भएकाले तालिमको आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए । कोरोना पछि दक्ष जनशक्ती विदेशीएको र जनशक्ती अभाव भएको थियो, अहिले पर्यटन चलायमान भएको छ जनशक्ती पनि आवश्यक छ, आचार्यले भने र्। पोखरालाई भ्रमण वर्ष–२०२५ घोषणा गरिरहदाँ यहाँ हुने विभिन्न गतिबिधिमा समेत बढ्ने र दक्ष जनशक्तीको पनि आवश्यक हुने छ ।’

राज्यले पनि पर्यटनलाई महत्वपूवर्ण क्षेत्रको रुपमा लिएको छ, व्यवसायीले पनि त्यस्तै तयारी गर्नुपर्ने आवश्यक छ । आचार्यले भने जसका लागि यो तालिमा आयोजना गरिएको ।
२६ गतेबाट तालिम सुरु हुने छ । ट्रेकिङ गाइडका लागि २५ दिन र र ट्रेकिङ पोटर गाइडको लागि १५ दिन तालिम दिइने टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले बताए ।
टान गण्डकीले वार्षिक रुपमा यस्ता तालिम संचालन गदै आएको सह–सचिव भूपेन्द्रकुमार लामाले बताए । हालसम्म यस्ता तालिमबाट २७ सय भन्दा बढि दक्ष जनशक्ती उत्पादन भइसकेको लामाले जानकारी दिए ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारको सहयोगमा तालिमको आयोजना गर्न लागिएको टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन