पोखरा । पोखरामा अवैध लागू औषधसहित ५ जना पक्राउ परेका छन् ।
बिहीबार पोखराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बिहीबार दिउँसो साढे ३ बजे पोखरा महानगरपालिका– ५ धारापानीबाट बाग्लुङ गलकोट नगरपालिका १ दुधिलामाटी स्थाई घर भई हाल पोखरा धारापानी बस्ने बर्ष २० का मौसम पुन र पोखरा २ अर्चलबोट बस्ने बर्ष १९ को राज मगरलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट लुकाई छिपाई राखेको लागूऔषध Tapentadol Tablets100 mg लेखिएको ९६ ट्याव्लेट, लागू औषध गाँजा ३०० ग्राम र मोवाईल २ थान समेत बरामद गरेको छ ।
यस्तै, दिउँसो ४ बजेतिर पोखरा १८ लामागाउँबाट स्थानीय ५१ वर्षका गोरे पुन र २७ वर्षका शंकर घलेलाई पनि पक्राउ गरेको छ ।
उनीहरुको साथबाट लागूऔषध Tapentadol Tablets 75mg लेखिएको १०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, सोही दिन दिउँसो साढे २ बजे पोखरा महानगरपालिका ४ नालामुखबाट पनि एक जना पक्राउ परेका छन् ।
प्रहरीले सुनसरी धरान उप महानगरपालिका ८ स्थायी घर भई हाल पोखरा ५बस्ने बर्ष ३५ कोसुरज सुनारलाई पक्राउ गरेको हो ।
उनको साथबाट लागूऔषध Tapentadol Tablets100mg लेखिएको७५ ट्याव्लेट र Tapentadol Tablets 75mg लेखिएको ८ ट्याब्लेट गरी जम्मा ८३ ट्याब्लेट र नगद २० हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैजना विरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रचण्ड कप भलिबल: उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने, न्यु डायमण्ड एपीएफसँग पराजित
प्रचण्ड कप भलिबल: एभरेस्ट क्लबलाई हराउँदै एनपिसी फाइनलमा
बुटवल र पोखराका व्यवसायीबीच आपसी सहकार्यमा जोड
झोला बनाउने तालिम सकियो
प्रचण्ड कप भलिबल: न्यु डायमण्ड र एभरेस्ट सेमिफाइनलमा, गण्डकी बाहिरियो
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग