पोखरा । अनेरास्ववियु केन्द्रीय अनुशासन आयोग अध्यक्षमा पोखरास्थित पृथ्वीनारायण क्याम्पसका स्ववियु अध्यक्ष विष्णु पोखरेलले उम्मेद्वारी दर्ता गराएका छन् । हाल केन्द्रीय कमिटी सदस्य रहेका पोखरेलले २४ औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयन दर्तामा आयोग अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।
उनी गत चैतमा १८ वर्षपछि भएको स्ववियु निर्वाचनमार्फत अध्यक्ष चुनिएका थिए ।
को हुन् विष्णु ?
विष्णु २०५४ साल फागुन १४ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जन्मिएका हुन् ।
उनले घाचोककै बालकल्याण प्रा।वि।मा कक्षा ५ सम्म अध्ययन गरे । कक्षा ६ देखि १० सम्म घाचोककै शुक्लागण्डकी मा।वि।मा पढे । कक्षा ८ मा पढ्दा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीमा जोडिएका हुन् । कक्षा ११ पढ्न उनी पोखरा आए । उनले राष्ट्रिय माविबाट कक्षा १२ उत्तीर्ण गरे ।
विष्णु २०७२ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । पृथ्वीनारायण क्याम्पस विद्यार्थी राजनीतिका लागि उर्वर भूमि मानिन्छ । मानविकी संकायतर्फ राजनीतिशास्त्र र ग्रामीण विकास अध्ययनको क्रममा उनी प्रथम वर्षमा कक्षा कमिटी उपाध्यक्ष बनेका थिए । त्यसपछि उनी अनेरास्ववियुको राजनीतिमा निरन्तर सक्रिय छन् । विष्णु हाल पृथ्वीनारायण क्याम्पसमै इतिहास विषयमा स्नातकोत्तर गरिरहेका छन् ।
२०७३ सालको स्ववियु निर्वाचनमा सरिता पुरी नेतृत्वको अनेरास्ववियु प्यानलबाट विष्णु सदस्य पदका उम्मेद्वार थिए । २०७७ साल माघ ९ गते उनी अनेरास्ववियु क्याम्पस कमिटी संयोजक बने । २०७८ साल पुस १४ गते क्याम्पस कमिटी अध्यक्ष भए । २०७९ साल फागुनमा भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।
विद्यार्थीका मुद्दा स्थापित गर्न र विद्यार्थी राजनीतिमा विष्णु निरन्तर सक्रिय छन् । उनी अनेरास्ववियुमा लाग्दा भारतले नेपालमा नाकाबन्दी गरेको थियो । नाकाबन्दीविरुद्धको आन्दोलनदेखि कोभिड–१९ को समयमा विद्यार्थीले खोप लगाउनुपर्छ भन्ने मागमा पनि उनी सक्रिय रहे ।
कोरोना महामारीको समयमा क्याम्पसमा प्रवेश पत्रको आधारमा खोप लगाउने कुरा भएको थियो । तर, अनेरास्ववियुको पहलपछि पहिलो चरणमा परीक्षा तालिका सार्वजनिक भएका विद्यार्थीलाई, दोस्रो चरणमा परीक्षा फारम भरेका, तेस्रो चरणमास अन्य विद्यार्थीलाई खोप लगाउनुपर्छ भनेर प्रशासन र स्वास्थ्य कार्यालयसँग माग गरेको थियो ।
पृथ्वीनारायण क्याम्पस वरपरका ग्रामीण भेगबाट आउने विद्यार्थीलाई घरबाटै आउने–जाने व्यवस्था गर्ने विष्णुको पहल सफल भएको थियो ।
२०७९ सालमा गण्डकी प्रदेश सरकारले आफन्त र पार्टीका नेताको नामको ट्रष्टमा बजेट विनियोजन गरेको थियो । त्यतिबेला अनेरास्ववियुले प्रदेश सभा परिसरमा आन्दोलन गरेर एक रुपैयाँ संकलन अभियान चलाएको थियो । यो समयमा पृथ्वीनारायण क्याम्पसको होस्टल निर्माण गर्न बजेट चाहिएकाले ट्रष्टको बजेट खारेज हुनुपर्ने विषय अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले उठाएका थियो ।
विष्णु नेतृत्वको स्ववियुको पहलपछि संघ सरकारले आगामी आर्थिक वर्षको बजेटमा पृथ्वीनारायण क्याम्पसमा छात्रबास बनाउन ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सम्बन्धित खबर
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?