पोखरा । पोखरामा एक सुनचाँदी पसल सञ्चालकलाई यौन दुव्र्यवहारको झुटो आरोपमा फसाएर ५० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १५ टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको बिराटनगर चोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका २ का ४० वर्षीय टेकबहादुर सुवेदी छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखरा–४ मा रहेको एक सुनचाँदी पसलमा काम गर्ने मरियम राईले उक्त पसलका साहुले आफूमाथि यौन दुव्र्यवहार गरेको झुटो आरोप लगाउँदै, आफन्तको नातामा रहेका लिम्बु र सुवेदीलाई मोरङ र संखुवासभाबाट बोलाइ ल्याएकी थिइन्।
तीनै जना मिलेर पोखरा– ६ लेकसाइडस्थित होटलमा पसल सञ्चालककी श्रीमतीलाई बोलाई एक साता सम्म मानसिक दबाब दिएको प्रहरीले जनाएको छ।
तीनजनाले महिलामार्फत संचालकको परिवारलाई “तपाईंको श्रीमानमाथि यौन दुव्र्यवहारको मुद्दा हालिदिन्छौं, जीवनभर पुग्ने सम्पत्ति, घर, व्यवसायको व्यवस्थापन गरिदिनु, होइन भने कानुनी रुपमा सडाइदिन्छौं” भन्दै डरधम्की दिएका थिए। त्यसवापत उनीहरुले ५० लाख मागेका थिए ।
उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनामा प्रयोग भएका तीन थान मोबाइल, वार्तालापको अडियो रहेको एक थान पेनड्राइभ र एक्सर्टसनसँग सम्बन्धित कागजातहरू पनि बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन