पोखरा । पोखरामा एक सुनचाँदी पसल सञ्चालकलाई यौन दुव्र्यवहारको झुटो आरोपमा फसाएर ५० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १५ टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको बिराटनगर चोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका २ का ४० वर्षीय टेकबहादुर सुवेदी छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखरा–४ मा रहेको एक सुनचाँदी पसलमा काम गर्ने मरियम राईले उक्त पसलका साहुले आफूमाथि यौन दुव्र्यवहार गरेको झुटो आरोप लगाउँदै, आफन्तको नातामा रहेका लिम्बु र सुवेदीलाई मोरङ र संखुवासभाबाट बोलाइ ल्याएकी थिइन्।
तीनै जना मिलेर पोखरा– ६ लेकसाइडस्थित होटलमा पसल सञ्चालककी श्रीमतीलाई बोलाई एक साता सम्म मानसिक दबाब दिएको प्रहरीले जनाएको छ।
तीनजनाले महिलामार्फत संचालकको परिवारलाई “तपाईंको श्रीमानमाथि यौन दुव्र्यवहारको मुद्दा हालिदिन्छौं, जीवनभर पुग्ने सम्पत्ति, घर, व्यवसायको व्यवस्थापन गरिदिनु, होइन भने कानुनी रुपमा सडाइदिन्छौं” भन्दै डरधम्की दिएका थिए। त्यसवापत उनीहरुले ५० लाख मागेका थिए ।
उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनामा प्रयोग भएका तीन थान मोबाइल, वार्तालापको अडियो रहेको एक थान पेनड्राइभ र एक्सर्टसनसँग सम्बन्धित कागजातहरू पनि बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कुटपिट गरी बाबुको हत्या, छोरा पक्राउ
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
काठमाडौंमा ४० किलो लागूऔषध गाँजा र १ लाख २५ हजारसहित धादिङका ५ जना पक्राउ
मजदुरलाई कुटपीट गरेको निवेदन परेपछि रास्वपा नेता अर्याल प्रहरी नियन्त्रणमा
पोखराको चाउथेबाट लागू औषधसहित एकजना पक्राउ
पोखराबाट सवारी चालक अनुमतिपत्रको नक्कली परिक्षार्थी पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा