ख्यातिप्राप्त भागवत मञ्जरी राधिका दासीले स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरमा पुगेर विधिवत पूजा गर्दै दर्शन गरेकी छन् ।
बिहीबार स्याङ्जा आएर दासीले अर्जुनचौपारी गाउँपालिका – १ जलबराह धार्मिक वनमा निर्मित नेपालकै पहिलो नवग्रह मन्दिरमा पुगेर पूजाआजा गरेकी हुन् ।
दासीले नवग्रह मन्दिरसँगै रहेको षट्कोण शिवालयमा रहेका पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग र कोणमा रहेका गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्तिमा पूजाआजा गरेकी थिइन् ।
षट्कोण शिवालयमा पूजाआजासँगै दासीले पञ्चकन्याको मन्दिरमा पुगेर पूजा गरेकी थिइन् भने त्यससँगै नवग्रहको पहिलो एक घेरामा मात्र घुमेर बाहिर निस्किएकी थिइन् ।
भागवत मञ्जरी राधिका दासीले नवग्रह मन्दिर देशकै पहिलो र नयाँ धार्मिक पर्यटनको गन्तव्य भएको बताइन् । यस्तो ठुलो संरचना बन्नु पालिकाका लागि मात्र नभई समग्र देशकै लागि गौरवको कुरा भएको र यसको संरक्षण र प्रबर्द्धनका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
नवग्रह मन्दिरको दर्शन गर्न पाउँदा आफूलाई खुसी लागेको र यसको परिकल्पना गरेर देशमै पहिलोपटक नवग्रह मन्दिर निर्माणको पहल गर्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई धन्यवादसँगै दासीले बधाई समेत ज्ञापन गरिन् ।
घर तथा शक्तिपीठमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको हो भने गत फागुन ६ गतेबाट १६ गते सम्म शिवरात्रीको अवसरमा अनुष्ठान गरिएको थियो ।
प्रदेश सरकारको चालिस तथा गाउँपालिकाको बीस लाख गरेर ६० लाख र स्थानीय श्रमदानबाट निर्माण भएको यो नवग्रह मन्दिर नवभूज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो रहेको छ ।
छिमेकी राष्ट्र भारतको असम चित्रसाल र लखनउमा नवग्रह मन्दिर रहेकोमा यहाँ बनाइएको नवग्रह मन्दिर फरक रहेको र यो प्रकारको विश्वमै पहिलो भएको दाबी समेत गरिएको छ ।
१५७ रोपनीमा फैलिएको धार्मिक वनमा निर्माण गरिएको नवग्रह मन्दिरको पिलरको सबैभन्दा माथी आकाश फर्काएर सौर्यमण्डलिय ब्रमाण्डको प्रतीक राखिएको छ ।
यहाँको प्रतीमा हिन्दुधर्मका कहलीएका धार्मिक ज्योतिषीको निर्देशनमा नवर्दा नदिको शिलाबाट भारतमा बनाइएको हो ।
पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ ।
यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ ।
मन्दिर विशेष अवसरमा अन्य बार समेत खुल्ने गरेको छ भने एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ ।
सौर्यमण्डलिय ब्रमाण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने पालिकाले जनाएको छ ।
षट्कोण, नवग्रह तथा यहाँ हिँड्ने बाटोमा स्थानिय ढुङ्गा बिच्छाएर कलात्मक बनाइएको छ भने दुबो बिच्छाएर हरिया र सुन्दर बनाइएको छ ।
सम्बन्धित खबर
साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो
आज असार १५ : दही चिउरा खाने दिन
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन