काठमाडौं : जिल्ला अदालत काठमाडौंले तीनकुने भएको राजावादीको हिंसात्मक प्रर्दशनका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गत चैत १५ मा तीनकुने घटनामा संलग्न प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान र ३२ जनालाई धरौटी जमानतमा छाड्न आदेश गरेको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुपराजावादी भन्ने गोकर्ण शाही, सुशिल बराल, दण्डपाणी रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको हो। उनीहरुलाई १० हजारदेखि १ लाखसम्म धरौटी तोकेर रिहा गर्न आदेश दिएको छ।
अदालत स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई फरार सूचीमा राखेको छ।
पूर्वराजाको समर्थनमा २०८१ चैत १५ गते तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकसहित २ जनाले ज्यान गुमाएका थिए। राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए। प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार भएपछि प्रहरीले पक्राउ गरेको थियो। उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन,सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा,आगजनी,तोडफोड र लुटपाट गरेका थिए।
हेर्नुहोस् कसलाई कति धरौटी ?

सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा