पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरले गत चैत्रमा सम्पन्न गरेको कोटि दिप प्रज्वलन कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ ।
कार्यक्रमका प्रमुख व्यक्तित्व ८५ बर्षिय मार्कण्ड उपाध्यायले कार्यक्रमको उद्घाटन भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बेदप्रसाद अधिकारी (शंकर) ले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सविधान सभा सदस्य बिन्दादेवी राना, जनप्रतिनिधि बिष्णु कुमारी थापा, गुप्तेश्वर गुफाका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन माबिका अध्यक्ष बद्रीनाथ पहारी, सल्लाहकार तुलसीराम बराल, शितल चौतारी टोल विकास अध्यक्ष कृष्णप्रसाद पोख्रेल, शुभकामना व्यक्त गरेका थिए ।
धार्मिक सस्था, आमा समूह, टोल बिकास सस्था, शैक्षिक सस्था लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्ति जनप्रतिनिधि, समिति, सल्लाहकारसहितको बृहत भेला सम्पन्न शुक्रबार सम्पन्न भयो । उक्त कार्यमा सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।
दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले, धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष रबिन्द्रराज बराल र संचालन सचिव ध्रुबराज बरालले गरेका थिए ।
सम्बन्धित खबर
रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न
र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा