गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

death body

चितवन । चितवनमा गैँडाको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २८ का ६० वर्षीय जङ्गे कुमाल रहेको प्रहरीले जनाएको छ ।

कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए ।

कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ