नवलपरासीको विनयी खोलामा बाढीले डाइभर्सन बगायो, यातायात प्रभावित

नवलपरासीको विनयी खोलामा बाढीले डाइभर्सन बगायो, यातायात प्रभावित

binaya_khola

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बाढीले बगाएको छ । अहिले त्यस क्षेत्रमा सहजरुपमा गाडी चल्न सकेका छैनन् ।

मनसुन सक्रिय भएसँगै नवलपरासी आसपासका क्षेत्र पानी पर्नेक्रम बढेको छ । हिजो पानी परेर बाढीआएपछि विनयी खोलाको डाइभर्सन बगाएको हो ।  डाइभर्सनमाथिबाटै पानी बगेको छ ।

यात्रुबाहेक बस र साना गाडी होङ्सी सिमेन्टको गेट हुँदै दुम्किबास बजार निस्किने गरेका छन् । पानी पर्दा दाउन्ने खण्डमा समस्या हुँदै आएको छ ।

यो खण्डमा सडक विस्तारको काम हुँदै आएको छ । निर्माणाधीन सडक हिलाम्मे हुँदा गाडी फस्ने, रोकिने हुँदा घण्टौंसम्म यात्रुहरुले सास्ती खेप्नुपर्ने अवस्था छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ