नवलपरासीको विनयी खोलामा बाढीले फेरी डाइभर्सन बगायो, सडक दुईतर्फी नै अवरुद्ध

नवलपरासीको विनयी खोलामा बाढीले फेरी डाइभर्सन बगायो, सडक दुईतर्फी नै अवरुद्ध

Nawalparasi_binae khola-badhi

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा बाढीले डाइभर्सन फेरी बगाएको छ । अहिले त्यस क्षेत्रमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ ।

विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ ।

गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि हिजो दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो ।

डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ । पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ ।

अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ