पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च

अनियमितता

पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च

महालेखाले भन्यो - 'पुस्ट्याईं बेगर भुक्तानी भएका यस्ता खर्चहरू नियन्त्रण गर्नुपर्छ'

pokhara-mahanagar mayor dhanaraj acharya

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खाना, खाजा आदि नाममा झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा महानगरले विविध शीर्षकमा २ करोड ३८ लाख ११ हजार ५७८ रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ । पोखराका विभिन्न होटलमा कार्यक्रम गरेको र खर्चको पुष्ट्याइँविना बिल भरपाइमात्रै संलग्न गरेको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्ला वर्षहरूमा पनि महालेखा परीक्षकको कार्यालयले पोखरा महानगरमा खाना, खाजाको नाममा चरम लापरवाहीपूर्वक खर्च भएको देखाएको थियो ।

महानगरपालिका, महाशाखा तथा विभिन्न वडा कार्यालयमा भएका विविध तथा खाजा खाना खर्चमा उक्त रकम खर्च गरेको हो । खाना तथा विविध खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।

तर, महानगरपालिकाले कार्यक्रम संचालनार्थ खर्च भएको उल्लेख गरी खर्चको पुष्ट्याई बेगर केबल बिल भरपाई मात्र संलग्न गरी विविध शीर्षकबाट खाजाखाना बापतको खर्च गरेको उल्लेख गरेको छ ।

अघिल्लो वर्षभन्दा ३९ लाख बढी खर्च गरेको छ । आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाले खाना खाजामा १ करोड ९९ लाख ७२ हजार रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको हो ।

सम्बन्धित समाचारः

पोखरा महानगरपालिकाको एक वर्षको खाजा खाना खर्च २ करोड

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ