नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।
तीन बच्चसहित ३८ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजेतिर डाइभर्सनसँगै बगाएको हो ।
बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ।
यस क्षेत्रमा अहिले सडक अबरुद्ध भएको छ । हिजो बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।
पूर्वबाट पश्चिम जाने गाडी नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाडौंबाट पश्चिम जाने गाडी मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान प्रहरीको आग्रह छ । पश्चिमबाट पूर्व जाने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन तथा साना गाडीले अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको विकल्प प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ ।
सम्बन्धित खबर
कर्तव्य ज्यान मुद्दाका फरार तनहुँका फिरोज २९ वर्षपछि पक्राउ
ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट
कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने दुईजना पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा