नारायणी नदीमा बगिरहेका पुरूषको सशस्त्र प्रहरीद्वारा उद्धार

नारायणी नदीमा बगिरहेका पुरूषको सशस्त्र प्रहरीद्वारा उद्धार

rescue

चितवन । चितवनस्थित नारायणी नदिमा बग्दै आएका एक पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

भरतपुर महानगरपालिका– १ स्थित नारायणी नदीमा आइतबार दिउँसो एक जना पुरूष बगिरहेको देखेर सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो ।

अन्दाजी ४० वर्षीय पुरूषको उद्धार सशस्त्र प्रहरी बल आइआरटी पोष्ट पुलचोकबाट असई गंगाराज गोले लामाको कमाण्डमा खटिएको फौजले जिवितै उद्वार गरेको हो ।

उद्धारपछि उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवनतर्फ पठाएको छ।

उनको परिचय भने खुलिसकेको छैन।

घटना बारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ