पोखरा वडा नं. १५ कार्यालयले वडामा रहेका युवाहरूलाई लक्षित गरी डिजिटल मार्केटिङ सम्बन्धी दश दिने तालिम सञ्चालन गरेको छ ।
वडा अध्यक्ष तोरण बहादुर बानियाँका अनुसार नेपालको दीर्घकालीन राष्ट्रिय सोच ‘समृद्ध नेपाल, सुखी नेपाली’, ‘डिजिटल नेपाल फ्रेमवर्क’ र ‘स्थानीय सरकार सुदृढीकरण तथा युवा सशक्तीकरण’ जस्ता नीतिगत दस्तावेजमा प्रतिवद्ध गरिएको लक्ष्य प्राप्त गर्न आयोजित यो तालिमले युवाको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई आधुनिक, प्रतिस्पर्धी र सशक्त जनशक्तिका रूपमा रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण आधार बनाउने उल्लेख गरे ।
युवाहरूमा डिजिटल मार्केटिङको आधारभूत ज्ञान प्रदान गर्न प्रविधिमैत्री व्यवसायिक सोच र सीप विकास गर्न, स्वरोजगार र उद्यमशीलताको प्रोत्साहन गर्न स्थानीय उत्पादन तथा सेवा प्रवर्द्धनमा डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न विद्यमान व्यवसायलाई डिजिटल ट्रान्सफर्मेसनतर्फ उन्मुख गराउने उद्देश्य राखिएको बानियाँले बताए ।
युवा लक्षित सीप विकास सम्बन्धी तालिमहरू वडाले निरन्तर गर्दै आइरहेको छ ।

वडा सचिव युवराज पौडेलका अनुसार शुक्रबारबाट सञ्चालन भएको तालिम असार १७ गतेसम्म चल्नेछ ।
तालिममा डिजिटल मार्केटिङको परिचय र करिअर सम्भावना, सर्च ईञ्जिन अप्टिमाइजेशन (एसईओ) को आधारभूत ज्ञान, सोसल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, कपीराइटिङ सीप, ईमेल मार्केटिङको परिचय र अभ्यास, गुगल एड र बुस्ट कन्सेप्ट, क्यान्भा प्रयोगमार्फत् डिजाइन सीप, डिजिटल मार्केटिङ ब्राण्डिङ स्ट्राटेजी, व्यवसायलाई अनलाइनमार्फत् प्रवर्द्धन, फ्रीलान्सिङ लगायतका विषयमा प्रशिक्षण दिइने उनले जनाए ।
तालिममा वडा नं. १५ भित्रका २३ जना युवाहरुको सहभागिता रहेको वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । सिद्ध माध्यमिक विद्यालयको सूचना प्रविधि ल्याबमा तालिम सञ्चालन गरिएको छ ।
सम्बन्धित खबर
जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर