पोखरा । रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
तालिमका सहभागीहरूलाई एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ । उनीहरूलाई समापन समारोहका प्रमुख अतिथि उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजीवबहादुर कोइराला, नेपाल पर्यटन बोर्ड गण्डकीका लेखा प्रमुख सागर श्रेष्ठ, इन्स्योरेन्स परियोजना गण्डकी प्रदेश प्रमुख सुशील लिङखा, परियोजनाकै प्राविधिक संयोजक प्रतिमा गुरुङ, कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका अपरेसन म्यानेजर निश्चल देवकोटा, कलेजका कलिनरी हेड सुगम तामाङ, बारिष्टा हेड संजय गुरुङ लगायतले प्रमाणपत्र वितरण गरे ।
समापन समारोहका वक्ताहरुले तालिममा लिएका ज्ञानलाई व्यवहारमा लागू गर्न सके तालिम लिएको औचित्यता पूरा हुनेमा जोड दिए । पर्यटकीय राजधानी सहर पोखरामा दक्ष जनशक्तिको खाँचो रहेको हुँदा यस्तो तालिमको महत्व झनै बढेको उनीहरूको भनाइ थियो । तालिमले रेस्टुरेन्टमा आबद्ध कर्मचारीहरूको सिपमा थप निखारता ल्याएको भन्दै उनीहरूले आगामी दिनमा गुणस्तरीय सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै रेवान पोखराका उपाध्यक्ष बसन्त गौतमले रेवानले विगतका वर्षहरूमा दिँदै आएको तालिमलाई यस वर्ष पनि निरन्तरता प्रदान गरेको बताए । अध्यक्ष विश्वराज पौडेलले रेवानले यो वर्षलाई तालिम वर्षका रुपमा लिएको जनाउँदै आगामी दिनहरूमा पनि कर्मचारीहरूको दक्षतालाई निखार्न थप तालिम गरिने बताए । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार