पोखरा । पोखरा– १७, तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी आई.बी.वर्ल्ड स्कुलले एसइई २०८१ मा सहभागी भएका विद्यार्थीहरूका बिच विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगिता सम्पन्न गरेको छ ।
यही असार १० गतेबाट सुरु भएको सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा वेल नन समूहले पोखरा टप्स समूहलाई ७–२ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. बिस हजार हात पार्दा उपविजेता पोखरा टप्सले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. दश हजार हात पार्यो । यस प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट जम्मा ३६ टिम सहभागी भएका थिए ।
३३ छात्र बास्केटबलतर्फ फिस्टेल समूहले बेनपा समूहलाई १६–१० स्कोरमा पाखा लगाई विजेता बन्यो भने बेनपा समूह उपविजेता बन्यो । यस्तै ३३ छात्रा बास्केटबलमा फिस्टेल समूहले अमिची समूहलाई ६–४ स्कोरका साथ पराजित गरी विजेता भयो भने अमिची समूह उपविजेता बन्न पुग्यो । यी दुवै खेलका विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ रु. दश हजार नगद हात पारे भने उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ रु. पाँच हजार हात पारे ।
यसै गरी फिस्टेल एसइई स्कलर्श कप अन्तर्गत भएको वेभ डिजाइन प्रतियोगितामा रियोग पनेरु, सुदीप लामिछाने र सक्षम पहारीले क्रमशः प्रथम, द्वितीय र तृतीय बने । विज्ञान तथा गणित ओलम्पियाडतर्फ विष्णुप्रसाद पहारी र सम्राट पौडेलको समूह प्रथम बन्दा विराज सुवेदी, रिजन पोडेल र विकल न्यौपानेको समूह द्वितीय बन्यो । यसैगरी सफल शर्मा, रवि गौतम र अनुपम पराजुलीको समूह तृतीय बन्यो । यस्तै डिजाइन थिङ्किङ च्यालेन्जमा सक्षम पहारी, सङ्घर्ष कार्की, सुदीप लामिछाने, समीप थापा र सुमन ढुङ्गानाको समूह प्रथम बन्दा स्वरूप तिवारी, दर्शन तिवारी, आगमन बराल, दर्शन अधिकारी र आरभ बरालको समूह द्वितीय भन्यो भने एन्जिला थापा, सम्पदा कार्की, अदिती पौडेल, सुयाना गौतम र स्वीकृति श्रेष्ठको समूहले तृतीय स्थान प्राप्त गर्यो । सिर्जनात्मक प्रतियोगिताअन्तर्गतका सबै विजेता विद्यार्थीहरूले पुरस्कारका साथमा विभिन्न प्रकारका छात्रवृत्तिहरूसमेत प्राप्त गरे ।
गण्डकी प्रदेशमै पहिलो आई.बी.वर्ल्ड आई.बी.वर्ल्ड फिस्टेल एकेडेमीले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा खेलप्रति विद्यार्थीको आकर्षण बढाउन यस प्रकारको कार्यक्रम आयोजना गरेको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए । पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले अबका विद्यार्थीमा शैक्षिक विकासका साथसाथै सर्वाङ्गीण विकास हुनुपर्नेमा जोड दिए । यस किसिमको वातावरण निर्माणमा फिस्टेल एकेडेमी सफल रहेको भन्दै यी सबै विद्यार्थीहरूलाई कक्षा ११ मा स्वागत गर्न आफू आतुर रहेको बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन