पोखरा । पोखरा महानगरपालिका नगर युवा परिषदले अनलाइनखबरकर्मी अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जनालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरका गण्डकी ब्युरो प्रमुख सुवेदीसहित पुरस्कृत भएका हुन् ।
पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेश ब्युरोबाट पत्रकारिता गरिरहेका सुवेदीलाई युवा शसक्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत भएका हुन् । सामाजिक तथा सरसफाइ क्षेत्रमा क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील ब्ल्याक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा थियटरका सञ्चालक मुक्तिबहादुर कार्की (परिवर्तन) कृषिबाट अर्गानिक ‘हरिलो’ उत्पादन तथा विक्री गरिरहेकी रोशनी आचार्य, खेलकुद क्षेत्रबाट लङ टेनिशका खेलाडी प्रदीप खड्का पुरस्कृत भए ।
पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा दीगो विकास क्षेत्रमा क्रियाशील पौडेल फोहोरमैला व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेर काम गरिरहेका छन् । विज्ञान तथा प्रविधि, शिक्षा क्षेत्रबाट पुरस्कृत नेपालीले रेस्ट्रो एक्स एपमार्फत देश तथा विदेशमा १० हजार होटल, रेस्टुरेन्टलाई डिजिटल सेवा दिइरहेको छ । उनले ४६ जनालाई रोजगारी दिइरहेका छन् ।

कला, साहित्य, संस्कृति तथा नाट्य क्षेत्रबाट पुरस्कृत परिवर्तनको नेतृत्वमा नाटक घर निर्माण गरेर नाटक निर्माण, मञ्चन तथा प्रवद्र्धनमा लागि परेका छन् । हरिलो नाममा अर्गानिक अचार देश तथा विदेशमा पुर्याइरहेकी रोशनीले मासुजन्य अचारसहित विभिन्न कृषि उत्पादनको बजारीकरण गरिरहेकी छन् । हरिलोमा अहिले २५ जनाले रोजगारी पाएका छन् ।
लङ टेनिश खेलाडी प्रदीप नेपालकै उत्कृष्ठ खेलाडी हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।
गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीको संयोजकत्वमा गण्डकी प्रेस रजिस्टार विमला भण्डारी, पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, कानुन व्यवसायी कुञ्जनी प्यासीपरियार, पोखरा खेलकुद समितिका उपाध्यक्ष दीपक गोदार, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा ६ जनालाई पुरस्कृत गरिएको पोखरा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । ६ जना युवाहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्यले जनही नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरे ।
विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेका व्यक्तिहरुले ६ जना युवाहरुको नाम सिफारिस गरेका थिए । छनोट समिति संयोजक डा। अधिकारीले आआफ्नो क्षेत्रमा दख्खल राखेका देशमै सम्भावना देखाइरहेका युवाहरुको सूचीबाट ६ जनाको नाम सिफारिस गरिएको बताए ।
‘६ वटा क्षेत्रमा विभाजन गरेर विभिन्न चरणको छनोट प्रक्रियाबाट नाम टुंग्यायौं तर यो सूचीमा हुने अन्य पनि योग्य नभएर होइन, भएकामध्येबाट राम्रो छानिएको हो,’ संयोजक अधिकारीले भने ।
साहित्यकार उपेन्द्र पौडेलले पोखरा अब भूगोल नभएर संस्कृति बनेको बताउँदै नागरिकता हेरेर युवा प्रतिभा छनोट गरिएको बताए । पोखरा महानगरका मेयर आचार्यले अहिले समाजमा निराशामात्रै व्यक्त भइरहेका बेला आशा जगाइरहेका युवाहरुलाई पुरस्कृत गर्दा अन्य युवाका निम्ति पनि प्रेरणादायी हुने बताए ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो