काठमाडौं: कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा आज निरिह लाओसलाई ९–० को फराकिलो अन्तरले हराएको छ ।
अनिता बस्नेत, सरु लिम्बु,रश्मिकुमारी घिसिङ र अनिता केसीले समान १ गोल गरे । नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो।
१२औं मिनेटमा अनिता बस्नेतले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको लेफ्ट फुटेट सटले जाली चुम्यो।
पहिलो हाफको ४४ औं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो। अनिता बस्नेतको सटिक क्रसमा साम्बाको हेडरले सही दिशा लियो।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै नेपालले तेस्रो गोल गर्यो। रेनुका नगरकोटेले दिएको बलमा सविताको उत्कृष्ट पासलाई रश्मिले भेट्टाउन सकिनन् भने नजिकै रहेकी सरुले गोल गर्दै आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोललाई यादगार बनाइन् ।
लाओस विरुद्ध खेलको ५५ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। लामो थ्रु(पासमा साम्बाले बललाई अगाडि बढाउँदै किपरसँगको वान भर्सेस वानमा गोल गरिन्।
साम्बाले गोल गरेको एक मिनेपछि नै रेनुकाको सहयोगमा रश्मिले गोल गरिन्। नेपालले ५(० को सानदार अग्रता बनायो।
त्यसलगत्तै नेपालले ३ खेलाडी परिवर्तन गर्यो। प्रीति राई, पुजा राना र अनिता केसीले सरु, अनिता बस्नेत र रश्मिलाई रिप्लेस गरे।
त्यसको केहि समय पछि प्रशिक्षक प्याट्रिकले रेखा पौडेल र विमला बिकेलाई मैदान पठाए। उनीले रेनुका र समिक्षा घिमिरेलेलाई रिप्लेस गरे।
यसपछि नेपालले ३ गोल थप्यो। ७५ औं मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यसको एक मिनेट पछि साम्बाले व्यक्तिगत चौथो गोल गरिन्।
८३ औं मिनेटमा सब्स्टिच्युट अनिता केसी पनि गोल गरिन्। नेपालले ८(० को सानदार अग्रता बनायो। नेपाल यतिमा मात्र रोकिएन्। ८८ औं मिनेटमा साम्बाको प्रहार लाओसको खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो। ५९ औं खेलमा साम्बाको त्यो ६२ औं गोल हो।
योसँगै नेपालले आफ्नो सयौं खेललाई यादगार बनाएको छ। साथै छनोटमा ३ अंक सहित सानदार सुरूवात गरेको छ।
कप्तानको जिम्मेवारीमा रहेकी साम्बाको लागि यो खेल विशेष रहयो। उनले कप्तानको जिम्मेवारीमा टिमलाई ५ गोल सहित जित दिलाइन्।
साथै प्रशिक्षक प्याट्रिकको लागि पनि डेब्यु खेल सुखद रहयो। समुह एफमा आयोजना उज्वेकिस्तान र श्रीलंका पनि छन्।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला