पोखरा महानगरपालिका वडा नं -१५ को आयोजना तथा कृषि सञ्जाल पोखराको समन्वयमा तेस्रो रोपाइँ महोत्सव अर्थात् धान दिवस मनाइएको छ।
वडा कार्यालय – १५ अगाडि झन्डै ४ रोपनी क्षेत्रफलमा धूमधामका साथ रोपाइँ महोत्सव मनाइएको हो। महोत्सवमा वडा नं -१५ का स्थानीय, विभिन्न आमा समूह, टोल विकास संस्था लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेकी पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले असारको महिना मानो रोपेर मुरी उब्जाउने महिना रहेको भन्दै वडा नं -१५ ले कृषि कर्ममा लागेका कृषकहरूलाई यही दिनको अवसरमा सम्मान गर्दै आएको बताइन्। उनले कृषकहरू प्रति १५ नं वडाले गर्दै आएको सम्मान अन्यका लागि पनि अनुकरणीय रहेको र यही नै कृषकप्रति सही सम्मान भएको बताइन्।

वडाध्यक्ष तोरण बानियाँले किसानले अन्न उत्पादन गर्ने भन्दै हामीलाई बचाउने पनि किसान भएका कारण उनीहरूको सम्मान गर्नुपर्ने बताए।
यस्तै, वडा सदस्य तथा कार्यक्रम संयोजक आशिष भण्डारीले विगतका वर्षहरूमा वडावासीले देखाएको साथ, सहयोग र हौसलाका कारण यस वर्ष पनि तेस्रो रोपाइँ महोत्सवलाई निरन्तरता दिइएको बताए। उनले रोपाइँ महोत्सवमा गरिने प्रतियोगिता प्रतिस्पर्धाका लागि नभई केवल मनोरञ्जनका लागि भएको कारण सोही अनुरूप बुझिदिन सहभागीलाई आग्रह गरे।

वडा कार्यालयबाट सुरु भएको नौमती बाजा र हल गोरु सहितको र्याली राधे-राधे मन्दिरको परिक्रमा गरी महोत्सव स्थल पुगेको थियो। महोत्सवमा पुरुष रस्साकस्सी, महिला दौड, माछा समात्ने तथा धान रोप्ने प्रतियोगिता सञ्चालन गरिएकोमा विजयीलाई नगद पुरस्कारले सम्मान गरिएको थियो।

यस्तै, कार्यक्रममा १५ नं वडामा रही कृषि फार्म सञ्चालन गर्दै आएका अभिषेक अनिता मल्टी एग्रो फार्म, मिमिक एग्रो फार्म, राधा बाख्रा फार्म र जय विजय कृषि फार्म गरी चार वटा कृषि फार्मलाई नगद पुरस्कारले सम्मान गरिएको थियो।

महोत्सवमा गायिका माया गुरुङ, सीता केसी, ठाडो भाका गायक धम्पु दुरा लगायतका कलाकारको प्रस्तुतिमा दर्शक तथा सहभागीले कम्मर मर्काएका थिए।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस