पोखरा। कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गरे।
मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।
सर्ने र नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुने भन्दै, प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नति गर्ने कार्यमा लागेको जानकारी दिए ।
उनले अस्पतालहरूको क्षमता वृद्धिसँगै सेवा सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई अघि बढाइएको उल्लेख गरे ।
स्वास्थ्य जनशक्ति प्रदेशमै उत्पादन गर्न र प्रदेशमा विशिष्टीकृत अस्पताल सञ्चालनको तयारी भइरहेको जानकारी पनि उनले दिए।
प्रदेशलाई आवश्यक मानव स्रोतसहित अन्य सेवाको व्यवस्थित सञ्चालनमा सरकार केन्द्रीत रहेको पनि बताए ।
उनले मानसिक रोग भयावह बन्दै गएकाले त्यसका लागि विशेष अस्पताल आवश्यक देखिएको र त्यसतर्फ उल्लेख्य सुधारका काम अघि बढाइएको दाबी गरे।
स्वास्थ्य र आरोग्यताको क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूका समस्या सम्बोधन गर्न मन्त्रालयबाट पहलकदमी लिइएको जानकारी दिए ।
जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुद्ध सेवा भावबाट उत्प्रेरित स्वयंसेविका, सरकारी संयन्त्र र आम कास्कीबासीको सहयोगबाट पूर्ण खोप सुनिश्चितता सम्भव भएको भन्दै आरोग्य र स्वस्थ कास्कीबासी निर्माणको आधार तयार हुँदै गएको बताए ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेल, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्का, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सहसचिव एकराज सापकोटा, नेकपा (एमाले) कास्कीका उपसचिव सन्तु सुवेदी, नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा ६० वर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसहित विदाइ पनि गरिएको थियो।
कार्यक्रम जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए भने सञ्चालन प्रादेशिक जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले गरेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो